जातिय वर्गीकरण हिन्दु धार्मिक ग्रन्थ वेद को चार वर्ण भन्ने आदर्श अनुरुप बनाइएको देखिन्छ ।तर वेदमा चार वर्णाश्रम को विभाजन देखिएपनि आदिबासी जन-जाति ,पानि चल्ने र नचल्ने समुदायलाइ तिन वर्ग मा छुट्टाइएको छ ।
* तागाधारी (जनै लगाउने )
*मतवाली
१)नम्स्याने मतवाली (दास बनाउन नमिल्ने मदिरा पिउने)
२) मस्याने मतवाली (दास बनाउने मिल्ने मदिरा पिउने )
*पानि नचल्ने छोई छिटो हाल्नु नपर्ने (छुत)
*पानि नचल्ने छोइ छिटो हाल्नु पर्ने (अछुत )
नेपाल को जात वर्गीकरणमा तागाधारी(जनै लगाउने )को स्थान सबै भन्दा उच्च रहेको छ ।त्यस पछि नम्स्याने मतवाली (दास बनाउन नमिल्ने मदिरा पिउने) अनि मस्याने मतवाली (दास बनाउने मिल्ने मदिरा पिउने ) त्यस्तै पानि नचल्ने छोई छिटो हाल्नु नपर्ने (छुत) र सबै भन्दा तल पानि नचल्ने छोइ छिटो हाल्नु पर्ने (अछुत ) गरि विन्यास गरिएको छ।
Filed Under :
0 अमुल्य सुझाब /प्रतिक्रिया:
Post a Comment
सुझाब प्रतिकृया लेख्दा असभ्य र अशिस्ट प्रयोग नगरिदिनुहोला।