सपना समानताको ..........

.

समानता को अभ्यास

 दलित माथि को जातीय बिभेद आज पनि मानब सभ्यता को नाममा कलङ्क बनि रहेको कुरा कसै बाट छिपेको कुरा हैन देशले ठुला ठुला क्रान्ति हरु देख्यो अनि परिवर्तनका ठुला ठुला कायापलट हरु पनि देख्यो साच्चै नेपालमा गणतन्त्र आइसक्यो तर दलितका समानता को आकांक्षामाथि कहिल्यै घाम उदाएन, दलित आन्दोलन अनि समानताको प्रश्न आज पनि जहाँ को तही छ 
सच्चै हामी बाचेको समय एक्काइसौं शताब्दि होबिज्ञान र प्रविधि को उच्चतम बिकाशले आज बिश्व नै साघुरिएको प्रतित भैसकेको छ ।सारा अन्तरिक्षय नै आज साघुरिदै गैरहेको छ।सबै भन्दा चेतनशील/बिबेकशिल प्राणि हुनुको कारणले पनि यो सब सम्भव भयो र भइ रहेको छ

तर जब कुरा हाम्रो देश अनि समाज को नेरो घेरो मा घुम्छ अनि हामी  फेरी १९ औ शताब्दी तिर गोता लगाउन पुग्छौ ।
जातिय बिभेद ले रन्थनिएर हामी दलित  कहिले कुन पार्टी को झण्डा बोक्यौ अनि कहिले कुन तर बास्तबमा दलित को अबस्था कहिल्यै सुध्रिएन किनकि जसले पनि दलितका समस्या लाइ सम्बोधन गर्ने आशा अनि रंगिन सपना देखाए उनीहरु को वास्तविक लक्ष्य भनेको दलितसमुदाय को भोट बटुलेर सत्ता लिप्सा मा रम्नु बाहेक अर्थोक भएन ।दलित वर्ग हमेशा प्रयोग मात्र भयो।कहिले भोट बैंक को रुपमा कहिले आन्दोलन मा झण्डा बोक्ने अनि नारा फलाक्नेको रुपमा ।
सिमित आरक्षणहरु का हड्डी फालेर दलित को समस्या कहिल्यै समाधान हुने वाला छैन।
यो ब्राह्मणबादी संस्कार ले ग्रस्त मस्तिस्क बोकेका टाउके हरु परिबर्तन को नाममा परिबर्तनका पखेटा काट्नमा तल्लिन छन् ।
मानब बिबेकशिल प्राणि हो ।उसमा चेतना निहित हुन्छ त्यसैले राम्रो र नराम्रो कुरा बिच को अन्तर अनि प्रभाव बारे बुझ्न सक्दछ।तर बुझी बुझी बुझ पचाउने संग कसको के लाग्दछ?
सबैले बुझेको कुरो हो कि अब दलित भनेर कसैमाथि अपमानजनक ब्यबहार गर्नुभनेको मानबइतर (पशु) जन्य ब्यबहार गर्नु हो ।जसलाई नेपाल को कानुनले पनि अपराध मानेको छ तर यस्ता कुरा हरु ब्यबहार मा कहिले लागु हुने
>>>>>>>>>>>>>>>>>>>>>>>०००००० ०००० <<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<
यो पंक्ति पढ्दा सम्म यो लेखेक आफ्नो कमजोरी छिपाएर समाज लाइ दोष लगाउदै छ भन्ने कुरा आउला,"तिमि हरु आफै शिक्षित हुदैनौ आर्थिक अबस्था सुधार गर्दैनौ अनि अरुमाथि दोष लगाउछौ "भन्ने कुरा हरु पनि आउन सक्छ तर वास्तबमा भन्ने हो भने दलित हरु आज धेरै हद सम्म सफल पनि बनि रहेका छन्,आर्थिक अनि सामाजिक हिसाब मा पनि राम्रो प्रगति भएको छ तर मनुस्मृति पुजारी हरुको निम्ति यी कुरा हरुले कुनै सकारात्मक सोच बढेको पाइदैन।समेटेर जाने अनि सम्भावानाका नयाँ खाका हरु कोर्दा दलित लाइ त्यसमा सम्मिलित बनाउने परम्परा को सुरुवात अझैँ  भइ सकेको छैन।यसो हुदा दलित भित्र रहेको क्षमातावान अनि प्रतिभावान व्यक्ति हरु हमेशा पर्दा पछाडी रहन परेको छ।यसो भन्दा कसले रोकेको छ र ?भन्ने प्रश्न उठ्न सक्छ तर रोक्ने भनेको नाताबाद कृपा बाद ,नोकरशाही प्रवृतिहो जो यी प्रवृति ग्रस्त मान्छे हरु दलित प्रतिभा हरुलाई फुल्न नपाउदै कुल्चन प्रयासरत रहन्छन र यी प्रवृतिहरु  अझै पनि हाम्रो समाजमा virus जस्तै फैलिनै रहेको छ 
बास्तबिक दलितहरु को समस्या भनेको आन्तरिक समस्या हो आन्तरिक फुट को समस्या हो ।दलित भित्र पनि तँ सानो मा ठुलो भन्ने सोच अनि संस्कार ले गर्दा पनि दलित को भलो नचिताउने बर्गको लागि उत्पादक बनेको छ ।यो आन्तरिक बिभेद लाइ चिर्न नसकी दालित मुक्ति को कुरा गर्नु ब्यर्थ छ।सम्पूर्ण दलित जाति हरु को एकता मा नै आशा को दियो छिपेको छ
समाज लाइ समानताको बिरोधि बनाएर उभ्याउनु भन्दा पहिले दलित भित्रकै जाति हरु बिचबाट नै समानताको प्रयाश अनि अभ्यास सुरु गर्ने हो कि ?????


अस्तु :
शिशिर परियार 
२१/०२/२०११ 
आबु धाबी 





2 अमुल्य सुझाब /प्रतिक्रिया:

nisan said...

sisir g tapai ko b4 haru malai man paro dalit haru le yasari nai sanjal haru banaya ra afno abhibekt haru lai share garnu par 6 maile tapai ko sabai lekh haru padna pako 6 e na yasari lekhdai janu hola bhanne kamana garda 6u yo pani dalit andolan ko lagi 1 namuna ho awaj ho. dalit mathi bhai rakhe ko daman haru ko abhilekh pani tapai blog ma rakhnu bhyo bhane jhan ramro hune thiyo ki

शिशिर परियार said...

निशान जी सुझाब एबम सल्लाह को लागि हार्दिक आभार !!!तपाइँ का सुझाब हरुलाई आत्मसाथ गर्ने जति सक्दो कोशिस रहने /छ हाम्रो भेट बाक्लिदै गरोस ..
धन्यबाद

Post a Comment

सुझाब प्रतिकृया लेख्दा असभ्य र अशिस्ट प्रयोग नगरिदिनुहोला।

Followers