मच्चि रहेछ,
सीत लहारको स्खलन् संगै
डसिरहेछ
सुकुम्बासि बस्तिका
गरीब झुपडि
ओड्ने एउटा न्यानो कम्बल्
मिठो सपना को बिम्ब
उत्तेजित् हिँउद
बिछाउछ तुसारो का चुप्पी
सिल्क् रोड का फूट्पाथ हरुमा
नाङ्गा पैतलाहरु
भाच्छन तुसराको चुप्पि
एक् मुठी आगो को खोजीमा
अखाबारको एक् कुना
जाडो ले मर्नेको संख्या
क्यपाचिनो मकचिअटो
कफि को चुस्कि
भाव सुन्यता
अर्को समाचार भन्छ
“हामीलाई काम्बल चाहियो।“
यस्पाली पनि
आगो लिन गाको प्रामिथस
हिटर तापेर बसेछ।।
उर्बसि को कामुक् न्रीत्य हेर्दै।।
स्वर्गको एक् कोठिमा
उत्तेजित् हिँउद
मच्चि रहेछ,
सीत लहारको स्खलन् संगै
15/01/2011 10:08 am
Abu dhabi
Filed Under :

0 अमुल्य सुझाब /प्रतिक्रिया:
Post a Comment
सुझाब प्रतिकृया लेख्दा असभ्य र अशिस्ट प्रयोग नगरिदिनुहोला।